राजनीति

आठ विद्यार्थी संगठनद्वारा उपप्रधानमन्त्री महतोको अभिव्यक्तिको विरोध


काठमाडौँ – विभिन्न आठ विद्यार्थी संगठनले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको पछिल्लो ‘बहुल राष्ट्रिय’ अभिव्यक्ति र सरकारका विभिन्न निर्णयको विरोध गरेका छन् ।

तीनवटा अखिल (क्रान्तिकारी), अखिल (पाँचौँ), समाजवादी विद्यार्थी युनियन, नेवि संघ, अनेरास्ववियू र अखिल छैठौँले संयुक्त वक्तव्य जारी गर्दै विरोध गरेका हुन् । उनीहरुले ढुंगागिट्टीको उत्खनन र निकासी गर्न दिने, पेट्रोलियम पदार्थको मूल्य बढाउने कार्यको विरोध गरेका छन् ।