राजनीति

‘सबैतिर छ पार्टी, तर काहीँ छैन पार्टी’को अवस्था बदल्नुपर्छ : ईश्वर पोखरेलले


काठमाडौँ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ‘सबैतिर छ पार्टी, तर काहीँ छैन पार्टी’को अवस्थालाई बदल्नुपर्ने बताएका छन् । उनले सबैतिर पार्टी भए पनि कहीँ पनि नभएजस्तो अवस्था रहेको उल्लेख गरेका छन् । यस्तो अवस्थामा आफूले पार्टीको महासचिव भएर पुनः भूमिका खेल्नुपर्ने आवश्यकता महसुस गरेको उनले बताएका छन् ।
३ वर्ष ३ महिना ७ दिन सरकारमा रहँदा आफूले गरेका कामहरूको विवरण सार्वजनिक गर्दै मन्त्री पोखरेलले पार्टीको यो अवस्था बदल्नको लागि पार्टीको महासचिवको हैसियतले आफूले अभियान चलाउनु पर्ने उल्लेख गरेका हुन् । “अहिले कतिपयले भन्ने गरेजस्तो , सबैतिर छ पार्टी, तर कहीँ पनि छैन पार्टी’जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौती छ । र, यो बदल्ने अभियान सञ्चालन गर्ने संस्थाको महासचिव भएर मैले भूमिका खेल्नुपर्नेछ ।” पार्टी एकता संकटमा परेको भन्दै उनले पार्टी एकतालाई जोगाउनुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरेका छन् ।

उपप्रधानमन्त्रीको हैसियतमा रहँदा आफूले सम्हालेको ‘उच्चस्तरीय समन्वय समिति’ र ‘कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०’मा संयोजकको भूमिकामा काम गरेका पोखरेलले सीसीएमसीको संयोजकको रूपमा प्राप्त सात महिनाको पारिश्रमिक ४ लाख ५६ हजार ४०० रुपैयाँ कोभिड कोषमा बुझाएको बताएका छन् ।