काठमाडौँ – नेपाली बजारमा साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ। सुन आज ७०० रुपैयाँ बढेको हो। गत हप्ता आइतबार २०० ले बढेको थियो। सोमबार पनि २०० ले बढेको थियो। मंगलबार सुन ३०० बढेको थियो भने बुधबार स्थिर रह्यो । बिहीबार चार सयले बढेको सुन शुक्रबार १५ सयले घटेको थियो ।
आज छापावाला सुनको प्रतितोला ९४ हजार १०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९३ हजार ६०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य पनि आज बढेको छ । तोलामा १५ रुपैयाँले बढेर एक हजार ३५५ मा कारोबार भइरहेको छ।
बिजनेस
प्रतिक्रिया