राजनीति

गण्डकी प्रदेशसभा अनिश्चित कालसम्म स्थगित


काठमाडौँ — आइतबार बस्ने भनिएको गण्डकी प्रदेशसभाको बैठक अनिश्चित कालसम्मलाई लागि स्थगित भएको छ । प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले अर्को सूचना नआएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको गराएका छन् ।

बिहीबार सभामुख नेत्रनाथ अधिकारीले आइतबार बैठक राख्ने बताए पनि समय तोकेका थिएनन् । प्रदेशसभाको वर्षे अधिवेशन जेठ १६ देखि सुरु भएको थियो ।