राजनीति

देश टुक्र्याउने बहुराष्ट्रवादको जहर किन मिसाउन खोज्दैछन् महतो ?


काठमाडौँ – नेपालका एकाथरी नेताहरु भन्छन् –बहुराष्ट्रवाद र विखण्डनवाद एकै हो । उपप्रधानसहित सहरी विकास मन्त्रीका रुपमा शुक्रबार सपथ लिएका राजेन्द्र महताले यहि मान्यता स्थापित गर्न आफू सरकारमा आएको बताए । आखिर के हो – विखण्डनवाद ?

उपप्रधानसहित सहरी विकास मन्त्रीका रुपमा शुक्रबार सपथ लिएर पदभार ग्रहण गर्ने बित्तिकै राजेन्द्र महताले भने – बहुल राष्ट्रिय राज्य स्थापनाका लागि तयारी गर्ने काम अगाडि बढाउँदै जानका लागि सरकारमा सहभागी भएको हुँ । बुहराष्ट्रवाद वा बहुल राष्ट्रिय राज्यको यो मान्यता पछिल्ला केही वर्ष यता महन्थ ठाकुरले अघि सार्दै आएका थिए । सन् १९७१ मा भारतले पाकिस्तानबाट बंगलादेश टुक्र्याउन यहि बहुराष्ट्रवादको भावना बंगलादेशीहरुमा रोपिदिएको थियो । नेपालमा यो बहुराष्ट्रवादको बिऊ महन्थले रोप्ने प्रयास गरिरहेका छन् भन्ने टिप्पणी हुन्थ्यो । यसपटक भने देश टुक्रा पार्ने यो मान्यता राजेन्द्र महतोले पनि भिरेको भनेर चर्चा हुन थालेको छ ।

राजनीतिक स्वार्थका लागि देशहितविरुद्धका क्रियाकलाप र निर्णयहरु पनि नेपालका नेताहरुले लिन्छन् भन्ने गरिन्छ । बहुराष्ट्रवाद भन्नु र विखण्डनवाद भन्नु एकै हो भन्ने धेरै विज्ञहरुको मत छ । तर यहि विषालु मान्यता महन्थले सुरुवात गरे पनि उपेन्द्र यादव र बाबुराम भट्टराई समेत यसमा सहमत भइसकेका छन् ।
७७ साल वैशाख १० गते राजपा र समाजवादी पार्टीबीच एकता हुँदा जारी भएको सहमति पत्रमा बहुराष्ट्रवादको मान्यतामा उपेन्द्र र बाबुराम पनि सहमत भएका थिए ।
जनवादी शासन व्यवस्था लागू गर्ने भनेर माओवादीले ५२ सालमा जनयुद्ध सुरु गरेका कारण १० वर्ष समय र १७ हजार नेपालीको ज्यान गयो । संविधानसभाबाट संविधान जारी गर्नुपर्छ भन्ने अर्को निरर्थक मान्यताका कारण थप १० वर्ष समय खेर गयो । अब अहिले मधेसी नेताहरु भनिरहेका छन् – बहुराष्ट्रवाद चाहिन्छ ।
विदेशीहरुले नेपाली नेताहरुमार्फत नेपाली समाज संक्रमित पारिदिन यस्तो हानिकारक मान्यताहरु प्रवेश गराई दिन्छन् भन्ने गरिन्छ । राजेन्द्र महतोले अघि सारेको बहुराष्ट्रवादको यो मान्यतालाई विखण्डनवाद हो भन्ने दावी गर्दै नेकपा एमालेका नेता वामदेव गौतमले महतोको बहुराष्ट्रवाद र मुक्ति आन्दोलनप्रति प्रधानमन्त्री केपी ओली सावधान हुनु पर्ने उल्लेख गरेका छन् ।

नेकपा एमालेकै अर्का नेता योगेश भट्टराईले पनि महतोको बोलीमा लगाम लगाउन प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेका छन् । अर्का नेता गोकर्ण विष्टले महतोको भनाइ अखण्डताविरोधी भएको टिप्पणी गरेका छन् ।
बुहराष्ट्रवादको मान्यता विखण्डनवादको पर्यायवाची हो भन्ने ठहर पहिलो र दोस्रो संविधानसभाले ठहर गरिसकेको अवस्थामा फेरि यसखाले जहर नेपाली जनतामा घोल्नु हुँदैन भन्ने मत धेरै नेताहरुले जाहेर गर्दै आएका छन् ।