Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

चीनलाई एकपछि अर्काे सफलता, तीन वर्षे शिशुलाई पनि कोरोनाविरुद्धको खोप लगाइने


काठमाडौँ – कोरोनाको उद्गमस्थल मानिएको चीनको अवस्था सामान्य जस्तै बनेको छ । चीनले आफैले उत्पादन गरेको खोपका कारण त्यहाँको जनजिवन सामान्य बनेको विज्ञहरु बताउँँछन् । चीनले यो सफतासँगै अर्काे सफलता पनि हात पारेको छ । यसअघि वयस्क र वृद्धका लागि मात्रै खोप दिएकोमा अबदेखि तीन वर्षका शिशु बालबालिकाहरुलाई पनि कोरोनाविरुद्धको खोप दिने भएको छ । शुक्रबार चीन सरकारको स्वास्थ्य अधिकारीहरुले बालबालिकामा प्रयोग गर्न सकिने सिनोभ्याक बायोटेक कम्पनीको खोप आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यो खोप तीन वर्षका बालबालिकादेखि १८ वर्षसम्मका किशोर–किशोरीमा प्रभावकारी रहेको सिनोभ्याकले जनाएको छ।

सरकारले बालबालिकामा प्रयोग गर्न सकिने खोपलाई स्वीकृति दिएपछि सिनोभ्याक बायोटेकका प्रमुख कार्यकारी अधिकृत यिन वेदोङले भनेका छन्,‘बालबालिकामा सिनोभ्याकको खोप परीक्षण भएको छ। यो वर्षको सुरुवातमा परीक्षण सुरु भएको थियो पहिलो र दोस्रो चरणको परीक्षण सकिएको छ।’

‘सयौंमा परीक्षण गरिँदा यो खोप ३ देखि १८ वर्षसम्मका मानिसमा प्रभावकारी देखिएको छ’ उनले भनेका छन्।

यसअघि कयौं देशले १२ देखि १५ वर्षमा बालबालिकामा कोरोनाविरुद्धको खोप प्रयोग गर्न स्वीकृति दिएको छ।