राजनीति

नवनियुक्त उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति ओलीको अनभिज्ञता देखेर वामदेव अचम्मित


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबाट अत्यन्तै दुःखी बनेको बताएका छन् । उपप्रधानमन्त्रीको पदभार ग्रहण गरे लगत्तै महतोले संविधानको मर्म विपरीत अभिव्यक्ति दिएकोमा दुःखी बनेको गौतमले बताएका छन् ।

शनिवार सामाजिक सञ्जाल फेशबुकमा एक स्टाटस लेख्दै उनले महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन नसक्ने टिप्पणी समेत गरेका छन् । उनले भनेका छन्,’राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री केपी शर्मा ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।’