समाचार

वीरगञ्जमा असार १ गतेदेखि विद्यालय संचालन गर्ने निर्णय


काठमाडौँ – वीरगञ्ज महानगरपालिकाले कोरोना संक्रमण महामारीकैबीच असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय संचालन गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाको जनाएको छ ।

महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पत्राचार गर्दै असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरेको हो् । विद्यालय सञ्चालन गर्न स्वास्थ्य सम्बन्धी ७ वटा शर्तहरु पालना गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ ।