राजनीति

सत्ता समीकरण गर्न उपेन्द्र रातारात जनकपुर


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादव प्रदेश -२ मा सत्ता समीकरण परिवर्तन गर्न रातारात जनकपुर आइपुगेका छन् ।

तत्कालीन राजपा र संघीय समाजवादी फोरमले प्रदेश-२ मा सरकार बनाएको थियो । पछि दुवै पार्टी एकीकरणपश्चात् जसपा बन्यो । पछिल्लो सयम पुनः पार्टी दुई समूहमा विभाजित भएको छ ।

शुक्रबार महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भए लगत्तै उपेन्द्र यादव प्रदेश-२ मा सत्तासमीकरण परिवर्तन गर्न सक्रिय भएका हुन् । उनले प्रदेशमा पूर्व जसपाका मन्त्रीलाई हटाएर माओवादी केन्द्र र नेपाली कांग्रेसलाई ल्याउन छलफल सुरु गरेको बुझिएको छ ।