देश

व्यापक राजनीतिक ध्रुवीकरण देश : १२ बुँदेका पक्षपाती र विपक्षी बीचको लडाइँ सुरु भयो : त्रिपाठी (भिडियोसहित)


काठमाडौँ – पार्टीभित्रको विवाद समाधान गर्न वार्ता र संबाद गरिरहेको सत्तारुढ एमालेमा विभाजन र एकताका गतिविधि संगसंगै चलिरहेका छन् ।

फुट्न पनि नसक्ने र जुटेर जान पनि नसक्ने अवस्थाका बीच एकअर्कालाई धम्की र घुर्कि दिनेक्रम पनि चलिरहेकै छ । यसैबीच जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागि भएको छ । योसँगै जसपाको औपचारिक विभाजनको मार्ग तय भएको छ ।

आफ्नै पार्टी विभाजन गरेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको संकट मोचन गर्दै आएको जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूह अन्ततः सरकारमा सहभागी भएको छ ।

जसपाका तर्फबाट प्रधानमन्त्री ओलीको सरकारमा सहभागी भएका उनीहरुले ८ मन्त्रीसहित २ राज्यमन्त्री पाएका छन् । यसै सन्दर्भमा योहो टेलिभिजनको कार्यक्रम योहो बहसमा पत्रकार देवप्रकाश त्रिपाठीसँग गरिएको कुराकानी ः थप जानकारीका लागि पूरा अन्तर्वार्ता हेर्नुहोस् ।