राजनीति

कांग्रेस प्रवक्ताको टिप्पणी : मन्त्रिपरिषद् पुनर्गठन दुई/चार दिनको घामछाया


काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पुनर्गठित मन्त्रिपरिषद् दुई चार दिनको घामछाया मात्र भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरी नयाँ मन्त्री नियुक्ति गरेलगत्तै सामाजिक सञ्जाल ट्वीट मार्फत प्रवक्ता शर्माले ती पद सर्वोच्च अदालतबाट फैसला नआउन्जेलका लागि मात्रै भएको दाबी गरेका हुन् ।

प्रवक्ता शर्माले कलेजोमा रहेको क्यान्सरको निदान बुढी औलामा शिवाजल गोली दलेर नहुनेसमेत जनाएका छन् ।