राजनीति

मन्त्रीमण्डल हेरफेर : एमालेमा भुँईचालो, पोखरेल आउट विष्णु इन


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागि भएको छ । आज वालुवाटारमा दिनभर भएको वार्तापछि प्रधानमन्त्री ओलीले जसपाको महन्थ ठाकुर पक्षलाई ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा सामेल गराएका हुन् । योसँगै जसपाको औपचारिक विभाजनको मार्ग तय भएको छ ।

आफ्नै पार्टी विभाजन गरेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको संकटमोचन गर्दै आएको जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूह अन्ततः सरकारमा सहभागी भएको छ । जसपाका तर्फबाट प्रधानमन्त्री ओलीको सरकारमा सहभागी भएका उनीहरुले८ मन्त्रीसहित २ राज्यमन्त्री पाएका छन् ।

वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागि उनीहरुमध्य महतोले उपप्रधानसहित सहरी विकासमन्त्री, शरतसिंह भण्डारी ऊर्जा, अनिल झा खानेपानी, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, विमल श्रीवास्तव श्रम,उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री बन्नेका छन् ।यस्तै उर्जा राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी र महिला बालबालिका राज्यमन्त्रीमा रेणुका गुरुङ बनेका छन् ।

शुक्रबार दिनभर वालुवाटारमा भएको छलफलपछि प्रधानमन्त्री र जसपाको महन्थ ठाकुर समूहबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको हो ।प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत माग्दादेखि विपक्षीको गठबन्धन फेल गराउने निर्णायक भूमिका खेलेको जसपालाई प्रधानमन्त्री ओलीले सरकारमा सामेल गराएर गुण तिरेका हुन् । यसअघि पनि थरुहट आन्दोलनका मुद्धा फिर्ता र नागरिकता अध्यादेश जारी गरेर ओलीले जसपालाई खुशी पार्ने काम गरेका थिए ।

जसपा सरकारमा सहभागि भएसंगै ओली क्याविनेटका चार मन्त्री बाहेक सबै मन्त्रालय विहिन भएका छन् ।अर्थमन्त्री विष्णुपौडेल, कानूनमन्त्री लीलानाथ श्रेष्ठ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिका छन् ।

उप्रधानमन्त्री ईश्वर पोखरेलको जिम्मेवारीसमेत खोसेर ओलीले रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाउने भएका छन् ।शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाएका ओलीले रक्षा, गृह र उद्योगमन्त्रालय आफैसंग राखेका छन् । यद्यपी जसपाको महन्थ ठाकुर समूहलाई सरकारमा सामेल गराएर ओलीले संकटको पैँचो तिर्ने काम मात्रै गरेनन् । एक पक्ष सरकारमा गएँंगै अब जसपा विभाजनको औपचारिक खाका तयार भएको छ ।