देश

नागरिकता अध्यादेशबिरुद्धको मुद्दा हेर्दाहेर्दैमा


काठमाडौँ – जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने गरी जारी गरिएको नागरिकता अध्यादेश बिरुद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रवारबाट सो रिटमा प्रारम्भिक सुनुवाइ शुरु भएको हो ।

जेठ २७ मा फेरि सुनुवाई गर्नेगरी शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।