देश

सेना अधिकृतलाई राष्ट्रसंघका महासचिवद्वारा प्रशंसा पत्र प्रदान


काठमाडौँ – संयुक्त राष्ट्रसंघका महासचिवले सुडानमा तैनाथ कालिध्वज गण दशौं डफ्फाका सह–सेनानी विज्ञान विष्टलाई कदर स्वरुप प्रशंसा पत्र प्रदान गरेका छन्। शान्ति स्थापनार्थ सुडानमा तैनाथ खटेको भन्दै विष्टलाई कदर स्वरुप प्रंशसा पत्र दिएका हुन् ।

गत वर्षको मंसिरमा सेनाको अस्थायी क्याम्प नजिक दुई जातिका हतियारधारी समूहबीच जातीय हिंसात्मक झडप हुँदा नेपाली सेनाले तनावग्रस्त ईलाकालाई ठूलो जनधनको क्षति हुनबाट जोगाएको थियो । जातीय हिंसात्मक झडप हुन नदिन छोटो समयमा लिएको अदम्य साहस र पहलको कदरस्वरुप विष्टलाई प्रशंसा पत्र प्रदान गरिएको उल्लेख गरिएको छ ।