राजनीति

खनाल–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै


काठमाडौँ – नेकपा एमालेबाट निष्काशित नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । आज बस्ने बैठक हिजोको निरन्तरता रहेको केन्द्रीय कमिटीका एक सदस्यले जानकारी दिएका छन् । बैठकमा मा हिजो बोल्न नपाएका वा बाँकी रहेका सदस्यहरुले आज आफ्ना कुरा राख्ने छन् । बिहीबारबाट सुरु भएको भर्चुअल बैठक आज बिहान ११ बजेबाट सुरु हुन लागेको हो ।

पछिल्लो समय नेकपा एमालेबाट अलग हुने तयारी गरिरहेको नेपाल समूहले केन्द्रीय कमिटी सदस्यहरुको राय लिइरहेको छ । कतिपय केन्द्रीय सदस्यले पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीको भर पर्दा धोका हुने भन्दै नयाँ दल दर्ता गर्नुपर्ने सुझाव दिएका छन् । तर, ओली समूहले भने यस बैठकलाई अनाधिकृत नामाकरण दिएको छ । ओली समूहले हिजो नै विज्ञप्ति निकाली यस्तो बैठकमा सहभागी नहुन आग्रह गरेको थियो ।