कोरोना विशेष

कोरोनाका कारण जिल्ला न्यायाधीको मृत्यु


काठमाडौँ – कोरोना संक्रमणको कारण न्यायाधीशको मृत्यु भएको छ । जिल्ला अदालत धादिङका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको हो ।

दुई वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत पौडेलको उपचारका क्रममा शुक्रबार बिहान ललितपुरको स्टार अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

झापाको धुलाबारी स्थायी घर भएका ५५ वर्षीय पौडेललाई तीन साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो। उपचारका सबै विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नभएपछि आज बिहान उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।