काठमाडौँ – सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन, २०६६ लाई संसोधन गरि अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावलाई केही संसोधनसहित स्वास्थ्यकर्मीको सुरक्षाका लागि उक्त अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार स्वास्थ्यकर्मीलाई आक्रमण गरी अंगभंग वा घाइते बनाए ३ वर्ष कैद र ३ लाखसम्म जरिवानाको व्यवस्थासहित अध्यादेश ल्याउन लागेको हो
। स्वास्थ्य मन्त्रालयले पेश गरेको प्रस्तावको केही बुँदामा केही संसोधन गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यस्थलमा हुने आक्रमणका घटनालाई निर्मूल गरी स्वास्थ्यकर्मी निर्वाधा सेवामा संलग्न हुन पाउन र अस्पतालमाथि सुरक्षाको प्रत्याभूत होस् भनेर अध्यादेश जारी गर्न लागिएको सरकारले बताएको छ ।
अध्यादेशमा अस्पताल आगजनी गरे ३ देखि ५ लाख रूपैयाँसम्म जरिवाना र २ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया