समाचार

कालो ढुसीको संक्रमणबाट सेती प्रादेशिक अस्पतालमा एकजनाको मृत्यु


काठमाडौँ – धनगढीको सेती प्रादेशिक अस्पतालमा ब्ल्याक फंगस (कालो ढुसी) रोगको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । कैलाली बर्दगोरियाका ६५ वर्षीय पुरुषको आज मृत्यु भएको हो । अस्पतालका अनुसार ती व्यक्ति जेठ १७ देखि आईसीयूमा भर्ना भई उपचार गराइरहेका थिए ।

यसअघि ती व्यक्तिमा कोरोनाको कुनै संकेत नदेखिएको अस्पताल प्रशासनले जनाएको छ । उनको प्रयोगशालामा परीक्षण गर्दा ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको हो ।