राजनीति

खनाल–नेपाल समूहको बैठक जारी


काठमाडौँ – नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समुहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठक भर्खरै भर्चुअल माध्यमबाट सुरु भई अहिले जारी रहेको एक केन्द्रीय कमिटी सदस्यले जानकारी दिए।

बैठकमा एकताका लागि अनौपचारिक रूपमा भइरहेका वार्ताको समीक्षा र आगामी रणनीतिका बारेमा छ्लफल हुने छ। बैठकमा एक सय जना केन्द्रीय सदस्यहरु सहभागी छन्। बैठकमा अहिले अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ता गरिरहेका नेता घनश्याम भुसालले वार्ताका प्रगतिबारे ‘ब्रिफिङ’ गरिरहेका छन्।

एमालेको सस्थापन पक्षले अनधिकृत रूपमा बैठक राखिएको भन्दै केन्द्रीय कमिटीका सदस्यलाई सहभागी नहुन उर्दि जारी गरेको थियो। संस्थापन पक्षको पनि आज अपराह्न ४ बजे बालुवाटारमा स्थायी कमिटीको बैठक बस्दै छ ।