राजनीति

प्रधानमन्त्री हुँदा हत्याकाण्डको छानबिन किन नगरेको ? :नेता लिङदेन


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता डा.बाबुराम भट्टराईलाई प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन किन नगरेको भन्दै प्रश्न गरेका छन्। भट्टराईले गरेको ट्वीटको जवाफ दिँदै राप्रपा नेता लिङ्देनले उनीमाथि प्रश्न उठाएका हुन्।

डा.जवाफ दिँदै ‘दरबार हत्याकाण्ड लगत्तै हत्यारा ज्ञानेन्द्र हुन् भनेर लेख्नुभएको होइन ? कत्रो भ्रम बाँड्नु भएछ ? २० वर्षपछि छानबिन आयोगको कुरा उठाउनु भएछ,तपाईं पनि भ्रममै हुनुहुँदोरहेछ।’ उनले भनेका छन् ।