राजनीति

नेपाललाई भेट्न नारायणकाजी कोटेश्वर पुगे


काठमाडौँ – नेकपा एमालेबाट निष्काशित भएका नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ कोटेश्वर पुगेको खुलेको छ । नेता नेपाललाई भेट्न हिजो बुधबार श्रेष्ठ साढे राति नौ बजे तिर नेपालको निवास कोटेश्वर पुगेको खुलेको हो ।

हिजो दुई नेताबीच झण्डै ५० मिनेट जति कुराकानी भएको जनाईएको छ । उनीहरुबीच राति ९ः२५ देखि १०ः१५ बजेसम्म छलफल भएको हो । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, आगामी रणनीति र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।