राजनीति

खनाल–नेपाल समूहको बैठक भोली बस्दै


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बैठक बोलाएको छ । पार्टीको स्थायी कमिटी सदस्यहरु र केन्द्रीय कमिटी सदस्यहरुको बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको हो । बैठक भर्चुअल माध्यमबाट गरिने बताइएको छ ।

बैठकमा पार्टीभित्रको विवाद र पछिल्लो राजनीतिक घटनाक्रम लगायतका बिषयमा छलफल गरिने जनाइएको छ ।

एमालेका १२ जना नेतालाई स्पष्टिकरण सोधिएको छ । संस्थापन पक्षले स्पष्टिकरण सोधिएका नेताहरुलाई कारबाही गर्ने आशंकाका बावजूद एकताको लागि भन्दै दोस्रो तहका नेताहरु वार्तामा सक्रिय पनि भइरहेका छन् ।