काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने निर्णय तत्काल खारेज गर्न माग गर्नुभएको छ ।
‘प्रचण्डले भन्नुभएको छ, संवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराईलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन विरोधी निर्णय तुरुन्त खारेज गरियोस्,’।
सरकारले बजेटमार्फत भारतसँग व्यापार घाटा कम गर्न नेपालको चुरे क्षेत्रको ढुङ्गा, गिटी, बालुवा भारतमा निकासी गर्ने योजना सार्वजनिक गरेको थियो । यसले चुरे क्षेको विनास हुने भन्दै अहिले व्यापक विरोध भइरहेको छ ।
प्रतिक्रिया