राजनीति

पार्टी एकता जोगाउन पोखरेल र भट्टराईबीच छलफल


काठमाडौँ – नेकपा एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेता योगेश भट्टराईबीच उपप्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छलफल भएको छ ।

पार्टी एकता जोगाउन आज दिउँसो उनीहरुले छलफल गरेको बताइएको छ । यता पार्टी एकताका लागि दुई पक्ष जुटिरहँदा आज अपराह्न ४ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक भने स्थगित भएको छ । बैठक भोली अपराह्न ४ बजे सम्मका लागि स्थगित गरिएको हो ।