कोरोना विशेष

जहाँ कोरोनाविरुद्धको खोप लगाएबापत ५० लाख अमेरिकी डलर पाइन्छ


काठमाडौँ – मानव अस्तित्वमाथि नै प्रश्न चिह्न खडा गर्ने रुपमा विस्तार भईरहेको कोरोना भाइरसले संसारलाई नै आक्रान्त बनाईरहेको छ । नेपाल जस्तो देश यसबाट बच्नका लागि आफ्ना सबै मित्रराष्ट्रसँग खोपका लागि सक्दो पहलि कदम चालिरहेको छ । प्राप्त लगाउनका लागि घण्टौसम्म लाइनमा बसेका छन् । केही अघि त खोप लगाउन कै लागि भनेर भारतीय व्यापारीहरु काठमाडौँमा पनि आएको समाचार प्रकाशित भएको थियो । खोप लगाउनका लागि यस्तो अवस्था सिर्जना भएको स्थितिमा अमेरिकी नागरिकले भने खोप उपलब्ध हुँदासमेत खोप लगाउनमा चासो देखाएका छैनन्। त्यहाँ नागरिकहरूलाई खोप लगाउन विभिन्न योजना ल्याईएको छ । त्यहाँँ खोप लगाएबापत ५० लाख डलर पाउने व्यवस्था मिलाएको छ ।

यस्तो कार्यक्रम न्यू मेक्सिको राज्यमा संचालन गरिएको हो । मंगलबार न्यू मेक्सिकोका गभर्नर मिसेल लुजन ग्रिसमले घोषणा गरेको यो कार्यक्रमलाई ुभ्याक्स टु द म्याक्सु को नाम दिइएको छ। यसको रजिस्ट्रेजन फारम भएको वेबसाइटमा ५० लाख डलरको भव्य उपहार जित्ने मौकाका लागि खोप लगाउनुस् भनिएको छ।
गभर्नर ग्रिसमले ट्विटरमा लेखेका छन्,ुजित्न रजिष्टर गर्नुस्, न्यू मेक्सिकोलाई सुरक्षित र स्वस्थ राखौं१ु उनले चिठ्ठा कार्यक्रमको लागि एक करोड डलरको घोषणा गरेका थिए।

धेरै मानिसले कोरोनाभाइरस विरूद्धको खोप लगाऊन् भनेर चिठ्ठा घोषणा गरिएको हो। यस्तै प्याकेज अरू राज्यले पनि घोषणा गरेका छन्। अगष्टको सुरूमा न्यु मेक्सिकोले ५० लाख डलर पुरस्कार पाउने व्यक्तिको नाम ‍सार्वजनिक गर्नेछ। समाचार संस्था एपीका अनुसार चिठ्ठाका लागि दिइने पैसा संघीय महामारी राहतको रकमबाट दिइनेछ।

चिठ्ठा कार्यक्रमबाट रकम पाउनका लागि न्यू मेक्सिको राज्यको स्थायी वासिन्दा हुनुपर्ने, चिठ्ठाका लागि रजिष्ट्रर गर्नुपर्ने र एउटा डोज खोप अनिवार्य लगाइसकेको हुनुपर्छ। ५० लाख डलरको चिठ्ठा जित्न भने दुबै डोज भ्याक्सिन लगाइसकेको हुनुपर्नेछ।
चिठ्ठा कार्यक्रमको घोषणा गरेपछि खोप लगाउनेको संख्या बढ्ने अनुमान गरिएको छ।

केही विज्ञहरूले यसरी ठूलो रकमको चिठ्ठा घोषणा गरेपछि मानिसहरूले खोपमा कुनै समस्या रहेछ कि क्या हो भन्ने ठान्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।