काठमाडौँ –चीनमा बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३ को संक्रमण पहिलोपटक मानिसमा देखिएको छ । चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनमा अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन ।
चीनको नेशनल हेल्थ कमिसन (एनएचसी)ले मंगलबार दिएको जानकारी अनुसार जेनजियाङ सहरमा बस्ने बर्डफ्लुका संक्रमित गत अप्रिल २८ मा अस्पतालमा भर्ना भएका थिए । त्यसको एक महिनापछि उनलाई एच१०एन३को संक्रमण भएको पुष्टि भएको थियो ।
यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ । समाचारमा उल्लेख गरिए अनुसार चीनको जियान्सु प्रान्तमा बस्ने ४१ वर्षीय पुरुषमा गतसाता कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनी अहिले संक्रमणबाट मुक्त भइसकेका छन् । उक्त व्यक्तिको सम्पर्कमा आएका अन्य मानिसमा गरिएको परीक्षणमा भने भाइरसको संक्रमण देखिएको छैन।
‘एच१०एन३ भेरियन्ट विश्वभर नै अहिलेसम्म मानिसमा देखिएको थिएन । यो कहिलेकाँही कुखुराबाट मानिसमा सर्न सक्ने संक्रमण हो र यसको ठूलो संख्यामा फैलिने जोखिम निकै कम छ।’, एनएचसीले उल्लेख गरेको छ । कमिसनले यो संक्रमणबाट गम्भीर किसिमको लक्षण देखिने सम्भावना पनि कम हुन्छ ।
यसअघि गत फेब्रुअरीमा रुसमा बर्ड फ्लुको एच५एन८ भेरियन्टको मानिसमा पहिलो संक्रमण देखिएको थियो ।
प्रतिक्रिया