काठमाडौँ – उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न सरकारले सबै अस्पताललाई निर्देशन दिएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचनामार्फत बिरामीको उपचार गरेवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिक सबै अस्पताललाई निर्देशन दिएको हो ।
महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको सूचनामा ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र त्यसको लागत रकम शीर्षकसमेत उल्लेख भएको मूल्यसूची सञ्चालक समितिबाट निर्णय गराइ वेबसाइट वा सूचना पाटीमा सार्वजनिक गर्न भनिएको छ ।
कोरोना महामारीको समयमा बिरामीको उपचारवापत चर्को शुल्क लिएको, अक्सिजनको समेत अत्याधिक शुल्क लिएको र आवश्यकभन्दा बढी औषधि किन्न लगाएको गुनासो आएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया