काठमाडौँ – कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दुध उत्पादनमा आत्मनिर्भर बन्ने बताउनुभएको छ । विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले अहिले प्रतिव्यक्ति ११ लिटर दुधको अभाव रहेको भन्दै यो मागलाई दुई वर्षभित्र पूरा गर्ने बताउनुभयो ।
मन्त्री अर्यालले दुग्ध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याइएको समेत बताउनुभयो ।डीडीसीले दैनिक एक लाख लिटर दुध संकलन गर्नुपर्ने भएपनि अहिलेको अवस्थामा ९० हजार लिटर दैनिक दुध संकलन गर्दै आएको भन्दै उहाँले बजार खुलेपछि खपत बढाउने गरी काम गरिने बताउनुभयो ।
प्रतिक्रिया