कोरोना विशेष

विवेकशील साझा दलका नेता उज्वल थापाको निधन


काठमाडौँ – विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उपचारका क्रममा उहाँको निधन भएको हो । नेता थापाको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो ।

मेडिसिटी अस्पतालले उहाँको निधनको पुष्टि गरेको छ।

केमो थेरापीबाट मेडिसिटीमा उपचार हुँदै गर्दा सोमबार उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो, तर डाक्टरहरुले स्वास्थ्य अवस्था निकै जटिल रहेको बताएका थिए ।