Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

बिजनेस

नेप्से परिसूचक दोहोरो अंकले घट्यो


काठमाडौँ – साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक १ दशमलव ६८ अंकले घटेर २ हजार ७ सय ७१ दशमलव १५ बिन्दुमा पुगेको छ ।

त्यस्तै, ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६९ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचकसँगै सेयर कारोबार रकम पनि सुस्ताएको छ । आज कुल २१६ कम्पनीका एक करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर ९८ हजार ६०७ पटक कारोबार हुँदा जम्मा ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये विकास बैंक र फाइनान्स बाहेक सबै जसो समूहहरु तथा उप समूहहरु घटेका छन् । आज म्युचुअल फण्ड, लघुवित्त, निर्जीवन बीमा, जलविद्युत्, होटेल्स तथा पर्यटन, व्यापार, उत्पादन तथा प्रशोधन, इन्भेस्टमेन्ट वित्त समूहको सबै परिसूचक घटेका छन् ।