राजनीति

एमाले स्थायी कमिटी बैठक सकियो, नेपाल पक्षका १२ नेतालाई कारवाही नगर्ने संकेत


काठमाडौँ – सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटीको बैठक सकिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपा एमालेले पार्टी एकताका निम्ति अन्तिम समयसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ ।

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षका थप १२ जनालाई तत्काल अनुशासन उल्लंघनको कारवाही नगर्ने संकेत देखिएको छ । आजको बैठकमा नेपाल पक्षका नेताहरुलाई कारबाही गर्ने भनिएपनि सो निर्णय नभएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

ज्ञवालीका अनुसार बैठकमा गत शनिबार सरकारले जारी गरेको बजेटका विषयमा पनि छलफल भएको थियो । बैठकले अहिलेको आवश्यकतालाई पूर्ति गर्ने र जनताको चाहना अनुरुप बजेट आएको भनिएको निष्कर्ष निकालेको थियो । बैठकमा लुम्बिनीको राष्ट्रियसभाको उपनिर्वाचनको समीक्षा पनि भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।