राजनीति

एमाले स्थायी कमिटी बैठक सुरु


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ ।

जारी बैठकमा बजेट, लुम्बिनी प्रदेशअन्तर्गत भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको समीक्षालगायत विषयमा छलफल हुने बताइएको छ ।

सरकारले यही जेठ १५ गते अध्यादेशमार्फत बजेट प्रस्तुत गरेको थियो । त्यस्तै, सोमबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उमेदवार पराजित भएका थिए ।

अघिल्लो स्थायी कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थप १२ नेतालाई स्पष्टीकरण सोधेको थियो । उक्त बैठकले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायत ११ जनालाई कारबाही ग¥यो ।

खनाल–नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दोस्रो तहका नेताहरुबीचको सोमबार मध्यरातमा भएको छलफलपछि स्पष्टीकरण सोधेका नेताहरुलाई कारबाहीको विषय केही दिनका लागि रोक्ने तयारी भएको बताइएको छ ।