राजनीति

काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी


काठमाडौँ – काठमाडौँ , भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । उपत्यकामा निषेधाज्ञाको अवधि एक हप्ता थप्ने गर्ने विषयमा छलफल गर्न बैठक बस्ने तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

‘अब आउने २० गतेबाट निषेधाज्ञाको अवधि सकिँदैछ कोभिड–१९ भाइरस संक्रमणको दर नघटेको भन्दै निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न बैठक बस्ने तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसा। २१ गतेदेखि अरू एक हप्ता निषेधाज्ञा थप्ने र केही खुकुलो पार्ने सम्बन्धमा पनि छलफल हुने बताउनुभयो । खाद्यान्न पसलचाहिँ खोल्न दिने कि भन्ने विषयमा पनि हामीबीच छलफल भइरहेको छ ।

के के खोल्न दिने भन्ने विषयमा बैठकपछि नै अन्तिम टुंगो लाग्ने बताउनु भयो । उपत्यकामा गत वैशाख १६ गते सुरु निषेधाज्ञाको अवधि तेस्रोपटक थपेर यही जेठ २० गते मध्यरातिसम्म पुर्‍याइएको हो ।