कोरोना विशेष

उज्ज्वल थापाको कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्य अवस्था स्थिर


काठमाडौँ – कोरोना संक्रमित भएर भेन्टिलेटरमा उपचाररत विवेकशील नेपाली दलका पूर्वअध्यक्ष उज्ववल थापाको पछिल्लो पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । तर उनको स्वास्थ्यस्थितिमा सुधार आउन सकेको छैन । रिपोर्ट नेगेटिभ आए पनि भाइरसले शरीरमा दीर्घकालीन क्षति गरेकोले स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको अस्पतालले जनाएको हो ।

करिब दुई साताअघि कोरोना संक्रमित बनेका थापा मेडिसिटी अस्पतालमा उपचाररत छन् । उनलाई केही दिनदेखि भेन्टिलेटरमा राखी इक्मो विधिबाट उपचार भइरहेको छ । ४५ वर्षका थापा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष हुन् ।