खेलकुद

जावलाखेल भलिबल क्लबका म्यानेजर ‘आइस ड्रग’सहित पक्राउ


काठमाडौँ – जावलाखेल भलिबल क्लबका म्यानेजर अनुप श्रेष्ठ ‘पार्टी ड्रग’ मानिने महँगो एम्फेटामाइन (आइस) लागूऔषधसहित पक्राउ परेका छन् । प्रहरी परिसर, ललितपुरको टोलीले श्रेष्ठसहित तीनजनालाई पक्राउ गरेको हो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार श्रेष्ठको कोठाबाट ५० ग्राम एम्फेटामाइन, जोख्ने तराजु, प्याकिङका लागि राखिएका प्लास्टिक र ५० हजार रुपैयाँ बरामद भएको छ ।

श्रेष्ठ आफैं पनि लागूऔषध प्रयोगकर्ता रहेका उनले खेलमैदानमै युवालाई लागूऔषध बिक्री पनि गर्ने गरेको प्रहरी दाबी छ ।