राजनीति

यस कारण गरे नेपालगञ्जका मेयरले चुनाव वहिष्कार


काठमाडौँ – लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले मत नहाल्ने निर्णय गरेका छन् । उनले कारोनाका बेला जनताको रक्षाका लागि जुट्नु पर्ने सरकार आफ्नो सत्ताका लागि जुधिरहँदा त्यो आफ्नो प्राथमिकतामा नपरेको हुँदा लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनावलाई बहिष्कार गरेका हुन् ।
उनले फेसबुकमार्फत भनेका छन्,“मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले कांग्रेस,एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु।” उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयर बनेका हुन् ।
आज लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि उप–निर्वाचन हुँदैछ । घोराही स्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । चुनावमा नेकपा एमालेका तर्फबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका तर्फबाट दृगनारायण पाण्डे उठेका छन् ।