राजनीति

ओलीलाई भेट्न ठाकुर–महतो बालुवटारमा,सत्ता गठबन्धनबारे छलफल


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्त ठाकुर र नेता राजेन्द्र महतो सरकारी निवास बालुवाटार पुगेका छन् । सरकारमा सहभागी हुने विषयमा छलफलका लािग शीर्ष नेता बालुवाटार गएको जसपाका एक नेताले बताए।
एमाले र जसपा नेताबीच सत्ता गठबन्धनबारे छलफल हुन लागेको उनले बताए। जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको छ। ८ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुँदै छ।
भेटका क्रममा जसपाका अन्य मागबारे पनि छलफल हुने जनाइएको छ। नागरिकता अध्यादेश, मधेस आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने बताएको छ ।
विघटित प्रतिनिधिसभाका ३२ सांसदमध्ये २० जना ठाकुरको पक्षमा रहेको दाबी गरिएको छ।