राजनीति

लुम्बिनीमा मतदान जारी


काठमाडौँ — मुख्यमन्त्री शंकर पोखरेलले मतदान गरेसँग लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । आज बिहान ९ बजेदेखि मतदान कार्य सुरु भएको हो । मुख्यमन्त्रीपछि सभामुख पूर्णबहादुर घर्तीलगायत उपसभामुख, अन्य मन्त्रीहरुले मतदान गरेका छन् ।
अहिले प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखरउपप्रमुखले मतदान गर्ने कार्य जारी छ । निर्वाचन आयोगले मतदान स्थलमा भर्चुअल माध्यमबाट पनि निरीक्षण गर्न सकिने व्यवस्था मिलाएको छ । आयोगले मतपरिणाम पनि भर्चुअल माध्यमबाट आज नै सार्वजनिक गर्ने भएको छ ।

निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ । प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो ।

निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहेका छन् । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी९जसपा० र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुन् ।