राजनीति

बागमती प्रदेशसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित


काठमाडौँ – बागमती प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । प्रदेशसभाका सदस्य पशुपति चौलागाईंको निधन प्रति शोक प्रस्ताव पारित गर्दै बागमती प्रदेशसभाको आइतबार बसेको बैठक स्थगित भएको हो ।

बागमती प्रदेशसभाको आइतबार बसेको ८ औं अधिवेशन बैठकले दोलखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेशसभाका सदस्य चौलागाईंको निधन प्रति शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक जेठ १७ गते बिहान ११ बजे बस्ने गरि स्थगित गर्नुभएको छ । सांसद् चापागाईको गत बैशाख २८ गते कोरोना संक्रमणका कारण उपचारका क्रममा निधन भएको थियो ।