काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप १०९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार २७२ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ३६९ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १० हजार ९८६ र एन्टिजेन विधिबाट १ हजार ७८४ जनाको परीक्षण गर्दा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ पुगेको छ ।
आज देशभर ६ हजार २०५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । क्वारेनटाइनमा ७६३ जना छन् ।
प्रतिक्रिया