Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

अर्थनीति

सेयर बजारमा नयाँ रेकर्ड : एकैदिन १७ अर्बको सेयर कारोबार


काठमाडौँ – सेयर बजारमा नेप्से परिसूचक र बजार पुँजीकरणले आइतबार नयाँ रेकर्ड बनाएका छन्  । यस दिन नेप्से परिसूचक अहिलेसम्मकै उच्च अंकमा पुगेर नयाँ रेकर्ड बनेको छ । १२. ६ अंकले बढेर नेप्से २८२८ अंकमा कायम भएको छ । यो अंक अहिलेसम्मकै उच्च हो ।

त्यस्तै कारोबार रकममा अर्को रेकर्ड बनेको छ । एकै दिन १७ अर्ब २ करोड रुपैयाँको सेयर किनबेच भएको छ । एकैदिन यति धेरै रकमको कारोबार भएको पहिलो पटक हो । यसअघि १४ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको रेकर्ड थियो ।

यस दिन बैंकिङ १९, होटल तथा पर्यटन १३५, विकास बैंक २५५, फाइनानस ८३, निर्जीवन बीमा ६४, जीवन बीमा ९६ अंकले बढेका छन्। त्यस्तै ब्यापार ३२, उत्पादन ५, अन्य ५४, माइक्रोफाइनान्स ७४ अंकले घटे। जलविद्युत र लगानी समूह भने १ अंकमुनि रातो रहे ।

यस दिन १ दर्जन बढी कम्पनीका सेयर लगानीकर्ताले झण्डै १० प्रतिशत मूल्य कमाएका छन्। खासगरी विकास बैंक समूहका लगानीकर्ताले राम्रो मूल्य कमाएका छन् ।

ज्योति विकास बैंकको मूल्य १० प्रतिशतले बढ्यो। घलेम्दी, आँखुखोला हाइड्रो, गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक, साइन रेसुङ्गा, सोल्टी होटल, ओरियन्टल होटल, खानीखोला हाइड्रो, सिन्धु विकास बैंक, जोशी, दिव्यश्वरी हाइड्रो, संग्रिला डेभलपमेन्टको मूल्य साढे ९ प्रतिशतदेखि १० प्रतिशतसम्म बढ्यो । समृद्धि फाइनान्स, रिलायन्स फाइनान्स र युनियन हाइड्रोको मूल्य ९ प्रतिशतले बढ्यो ।

बरुण हाइड्रो र हिमालय उर्जा विकासको मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ। यस दिन कारोबारका आधारमा नेसनल हाइड्रोपावर, अरुण काबेली, युनाइटेड मोदी, बुटवल पावर कम्पनी र अपि पावर अगाडि रहे ।