राजनीति

नेतृत्व तह नै अनुशासनहीन र अराजक : प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रैका नेताबाट देशको लागि अनिष्ठ हुने काम भईरहेको बताउनुभएको छ ।

तेश्रो राष्ट्रिय महिला अधिकार दिवशका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले संसदीय प्रणाली र दलिय प्रणालीमा विश्वमै कतै नहुने घटनामा नेपालमा भईरहेको बताउनुभयो । उहाँले नेता माधव कुमार नेपालप्रति इंगित गर्दै मुलुक विरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको दाबी पनि गर्नुभयो ।

राजनीतिक दल र तीनका नेताहरु अनशासनहिन, अराजक, पार्टी निर्देशन विपरित फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमार्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्के उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नएको घटना नेपालमा भएको बताउनुभयो ।

विभिन्न चरणको आन्दोलन र राजनीतिक योगदानका कारण संबैधानिक र कानुनी हिसाबले राज्यका सबै अंगमा महिलाको ३३ प्रतिशत सुनिश्चितताको उपलब्धी प्राप्त भएपनि कतिपयलाई यही उपलब्धि चित्त नबुझेको उहाँले टिप्पणी गनुृभयो ।