राजनीति

सरकारको मात्र नभई व्यवस्थाको पनि विकल्प खोज्न विप्लव मोर्चाको माग


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र वर्तामान व्यवस्थाविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायतका अन्य १४ साना दल मिलेर संयुक्त मोर्चा बनाएका छन्। उनीहरुले जेठ १५ गते एक विज्ञप्ति निकाल्दै संयुक्त मोर्चा गठन बारे जानकारी दिएका. हो। उनीहरु यही जेठ १४ गते संयुुक्त बैठक बसेका थिए । उनीहरुको विज्ञप्तिमा सरकार मात्र होइन, व्यवस्थाकै विकल्प खोजिनुपर्ने उल्लेख गरिएको छ । जनगणतन्त्र÷वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्नेमा मोर्चामा आबद्ध दलले माग गरेका छन्।

मोर्चाले प्रधानमन्त्री ओली इन्डो–अमेरिकी गठबन्धनको गोटी बनेको आरोप पनि लगाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी पारित गरी नेपालमा अमेरिकी सेना तैनाथ गर्ने तथा नेपाललाई भुटानीकरण गर्ने योजनामा लागेका छन्। सरकारले ल्याएको कथित नागरिकतासम्बन्धी अध्यादेश अल्पमतको सरकारलाई जोगाउने र विदेशी योजना लागू गर्ने उद्देश्यका लागि ल्याइएको हुनाले त्यसलाई फिर्ता लिन हामी जोडदार माग गर्दछौं।

14dal bigyapti