राजनीति

प्रतिनिधिसभा विघटन : संवैधानिक इजलासमा बहस जारी


काठमाडौँ – प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार पनि बहसलाई निरन्तरता दिइएको छ । अहिले अधिवक्ता गोविन्द बन्दीले बहस गरिरहेका छन् ।
यसअघि शुक्रबार सुरु भएको बसहलाई कांग्रेस सभापति शेरबहादुर देउवालगायतको रिटको पालो आएपछि सकिएको थियो । बाँकी मुद्दामा आइतबारबाट बहस सुरु गर्ने गरी ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।
प्रतिनिधिसभा दोस्रोपटक विघटनपछि १ सय ४६ सांसदले दायर गरेको सहित यससम्बन्धी ३० वटा निवेदन सर्वोच्च अदालतमा परेका छन् । ती निवेदन हेर्न प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिएको छ ।
शुक्रबारको बहसमा निवेदक पक्षका अधिवक्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नियुक्ति पाएर धारा ७६ को उपधारा ४ अनुसार विश्वासको मत लिनुपर्ने बताएका थिए ।