Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

मनोरञ्जन

गायक दीप श्रेष्ठ कोरोनाका कारण अस्पताल भर्ना


काठमाडौँ – चर्चित तथा लोकप्रिय गायक दीप श्रेष्ठ अस्पताल भर्ना भएका छन् । उनलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको हो ।
संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएपछि गायक श्रेष्ठ धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका हुन्।
गायक श्रेष्ठ हाल अस्पतालको स्वास्थ्य सेवा लिई स्वास्थ्यलाभ गरिरहेका छन्। उनको स्वास्थ्यलाभका लागि संगीतकर्मी तथा शुभचिन्तकहरुले कामना गरिरहेका छन्।
पछिल्लो समय द भ्वाईस अफ नेपालको कोच समेत रहेका उनले नेपाली गायन क्षेत्रमा सबैको मन छुने गीतहरु गाएका छन् । यसअघि पनि यसै कार्यक्रमका अर्का कोच प्रमोद खरेललाई संक्रमण देखिएको थियो । कोरोना संक्रमण बढ्दै गएपछि अहिले यो कार्यक्रम स्थगित भएको छ ।