Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

खेलकुद

चेल्सीलाई दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि


काठमाडौँ – इंलिस क्लब चेल्सीले दोस्रो पटक यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा चेल्सीले इंलिस क्लबकै टिम म्यानचेष्टर सिटीलाई १– ० गोलले हराउँदै उपाधि जित्न सफल भएको हो ।

पोर्चुगलको पोर्टाेमा भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हार्बटेजले ४२ औं मिनेटमा निर्णायक गोल गरे । पहिलो हाफको सुरुआतमा सिटीले प्रभाव छाडे पनि गोल गर्न भने चुकेको थियो । जसको फाईदा चेल्सीले उठाउँदै गोल गर्न सफल भयो ।

चेल्सीले पहिले पटक सन् २०१२ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । थोमस टुचेलले चेल्सीका लागि च्याम्पियन्स लिग फुटबलको उपाधि जित्न सफल भएका हुन् ।

पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको सिटी भने च्याम्पियन्स उपविजेतामा नै चित्त बुझाउनु पर्यो । पेपे ग्वार्डिवालाले पहिलो पटक म्यान्चेस्टर सिटीलाई फाइनलमा स्थान बनाए पनि उपाधि भने दिलाउन सकेनन् ।