देश

कोरोनाबाट मृत्यु भएकाका सन्तानलाई छात्रवृत्ति दिने


काठमाडौँ – सरकारले कोरोनाबाट ज्यान गुमाएकाहरुका सन्तानलाई छात्रवृत्ति दिने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शहीद, एचआईभीबाट ज्यान गुमाएका, गरिबसँगै कोरोनाबाट ज्यान गुमाएकाका छोराछोरीलाई पनि छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिएका हुन् । यस्तै सरकारले १३ जिल्लामा आवासीय विद्यालय सञ्चालन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई बिस्तार गर्नका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।