देश

१० वर्षमा पेट्रलबाट चल्ने सवारीलाई पूर्णरूपमा विस्थापन गर्ने


काठमाडौँ – पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई आगामी १० वर्षभित्रमा पूर्णरूपमा विस्थापन गर्ने लक्ष्य सरकारले लिएको छ।
आव २०७८र०७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीको उपयोगलाई प्रोत्साहन गरिने घोषणा गरेका हुन् । २०८८ सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापन गर्ने रणनीतिक लक्ष्य राखिएको बताए ।
साथै पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गरे सरकारले ५ वर्षसम्म नवीकरण शूल्क छूट दिने बताएको छ ।