समाचार

गरिबी निवारण कोष खारेज


काठमाडौँ – सरकारले गरिबी निवारण कोष खारेज गरेको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गरिबी निवारण कोष खारेज गरिएको जानकारी दिएका हुन् ।
आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै कोष मातहतका ३२ हजार सामुदायिक संस्थाहरूलाई सहकारीमा रूपान्तरण गरिने पौडेलले बताए । उनका अनुसार कोषको खातामा रहेको १९ अर्ब रुपैयाँ सहकारीमा राखिने छ।
गरिब परिचय पत्र बनाइ गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने र यसका लागि आवश्यक बजेट छुट्याएको मन्त्री पौडेलले जानकारी दिएका हुन् ।