बिजनेस

सरकारले मासिक न्युनतम २० हजार लिटर खानेपानी उपयोग गर्दा महसुल छुट दिने


काठमाडौँ – सरकारले खानेपानी संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले वितरण गर्ने न्युनतम् २० हजार लिटरसम्मको खानेपानी उपयोग गर्दा पुरै महसुलमा छुट दिने घोषणा गरेको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले शनिबार अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै मासिक न्युनतम २० हजार लिटर खनेपानी उपयोग गर्दा महसुल छुट दिने बताउनुभएको हो ।